logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको आयात ५० प्रतिशतले घट्याे, दुई महिनामा करिब ४४ हजार तोला सुन आयात


अंकुरण खबर
975
Shares

Gold winners trophy, champion cup with falling confetti on gray background. 3D rendering

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हाे ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।

गत साउनमा बैंकहरूले कुल एक अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात गरेका थिए भने भदौमा दुई अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन आयात गरेका छन् । गत आर्थिक वर्षको यो दुई महिनामा बैंकहरूले आठ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए।