मध्यपुर थिमी नगरपालिका-९ नीलबाराही टिगनीमा सूर्यबहादुरश्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।
हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट रु सात लाख तीन हजार १सय ९० र सात हजार ६६० भारतीय रुपैयाँ गरी रु सात लाख १५ हजार ४४६ सहित उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिले बताएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको र उनीहरुमाथि नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान शुरु भइरहेको प्रहरीले जनाएको छ ।