logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
793
Shares

शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजेका लागि तोकिएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए ।