logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेसमा आधा–आधा भागबन्डा गर्ने एमाले र जसपाबीच सहमति


अंकुरण खबर
1.105K
Shares

मधेस प्रदेशमा रहेका प्रतिनिधिसभाका ३२ सिटमध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) वीच बराबरी भागबन्डा हुने भएको छ ।

यस अनुसार एमालेले १६ र जसपाले १६ सीटमा भागबन्डा गर्ने सहमति जुटेको छ।

प्रत्यक्षतर्फ प्रदेशसभाका ६४ सिटमा पनि बराबरी, अर्थात ३२–३२ सिटमा भागबन्डा गर्ने सहमति जुटेको नेकपा एमालेका एक नेताले  जानकारी दिए । ‘प्रतिनिधिसभामा १६–१६ सिटमा भागबन्डा गर्ने सैद्धान्तिक सहमति जुटेको छ, केही सिटमा कुरा मिल्न बाँकी छ,’ ती नेताले भने आजै मधेस प्रदेशका उम्मेदवारहरुको पनि नाम सार्वजनिक हुन्छ ।

ती नेताका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियालाई एमालेले टिकट दिन खोजेको धनुषा २ मा जसपाको विरोधका कारण सहमति जुट्न बाँकी छ ।

त्यस्तै बारा ३, महोत्तरी २ र धनुषा ४ मा कसलाई उठाउने भन्ने सहमति जुट्न बाँकी रहेको तर उपेन्द्र यादव र केपी ओलीवीच आज विहानैदेखि छलफल जारी रहेको स्रोतले बतायो।