logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजारमा दोहोरो अंकको गिरावट, ९७ करोडको खरिदबिक्री


अंकुरण खबर
1.508K
Shares

सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार ९७ करोडको मात्र सेयर किनबेच भएको हो। कुल २ सय ३३ कम्पनीको कारोबार भएकामा ३१ लाख कित्ता सेयर बिक्री भएको छ।

बजार खुलेयता निरन्तर ओर्लिएको नेप्से १९ सय विन्दुबाट पनि तल पुगेको छ । २७.१६ अंकले घटेसँगै सूचक १८७१.२२ विन्दुमा रोकिएको छ। सेन्सिटिभ सूचक पनि ५.३६ अंकले ओरालो लागेको छ।

आज सामूहिक लगानी कोषबाहेक १२ वटा समूहको उपसूचक घटेका छन्। सोसँगै आज १६४ कम्पनीको सेयर घटेको, १९ वटाको बढेको र दुईवटाको उही मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।

आज अभियान लघुवित्तका सेयरधनीले ४५.६० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। यो नै सर्वाधिक आम्दानी हो। धेरै गुमाउने लगानीकर्ताले आज प्रतिकित्ता ६५ रुपैयाँसम्म नोक्सानी व्यहोरेका छन्।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको १६ करोडको सर्वाधिक कारोबार भएको थियो।