logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी डलरको भाउँ उच्च हुँदा, ८२ रुपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर ?


अंकुरण खबर
2.093K
Shares

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।

जस अनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।