logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेश प्रदेशका मन्त्रीहरुले पदबाट राजीनामा नदिने राजिनामा नदिए हटाउँछु : मुख्यमन्त्री


अंकुरण खबर
871
Shares

 

मधेश प्रदेश सरकारमा सत्ता गठबन्धनका दलबाट आवद्ध मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरे पनि मन्त्रीहरुले राजिनामा नदिने मनस्थितिमा पुगेका हुन्।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजीनामा दिन भनेकाले आफूहरुले राजिनामा नदिने निर्णयमा पुगेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए।

सत्ता गठबन्धनका मन्त्रीलाई मुख्यमन्त्रीको फोन : राजीनामा दिनुस् नभए हटाउँछु

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजिनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजीनामा नदिने भएका हुन् । यता माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजिनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको सो दलका मन्त्रीहरुले बताए।

यद्यपि मुख्यमन्त्री राउत सत्ता गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुले आज राजिनामा नदिए हटाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ।