जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गर्दा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा.जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।