logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
546
Shares

ललितपुरको इमाडोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी प्रभाग लुबुका अनुसार ललितपुरको लुबु चौतारास्थित सडक खण्डमा इमाडोलदेखि लुबु जाँदै गरेको बा ९३ प ८९० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक सर्लाही घर भएका २६ वर्षीय मोहन बाबु खत्रीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटना हुँदा घरको पर्खालमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खत्री गम्भीर घाइते हुनुभएको थियो । घाइते खत्रीलाई उपचारका लागि किष्ट अस्पताल इमाडोल लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रभाग लुबुले जनाएको छ ।