logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

राष्ट्रिय सम्मानसहित सत्यमोहन जोशीको अन्तिम बिदाई


अंकुरण खबर
533
Shares

शताब्दी पुरूष सत्यमोहन जोशीको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरिएको छ।

१०३ वर्षको उमेरमा निधन भएका जोशीलाई सरकारले आइतबार राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरेको हो।

स्वर्गीय जोशीलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको थियो। शोक सलामीमा प्रहरी निरिक्षकको कमाण्डमा ३५ जनाको प्लाटुन र १६ जनाको ब्याण्ड सहभागी थियो।

त्यसअघि ललितपुर महानगरपालिकामा राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।

महानगर परिसरमा जोशीलाई मन्त्री, राजनीतिक दलका शीर्ष नेता, कलाकार र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका थिए।