कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाट अवैध काठसहित दुई जनालाई सेक्टर वन कार्यालय वाणीले पक्राउ गरेको छ ।
शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेसी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र बिष्ट मंगलबार राति पक्राउ परेका हुन् ।
सेक्टर वन कार्यालयकी प्रमुख सलिना कडालले सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई राति २ बजे पक्राउ गरेको बताइन् ।
फर्निचर उद्योगमा राखिएको ३५ क्युविक फुट काठ पनि बरामद गरिएको छ । बरामद काठका तीनवटा गोलियाको लम्बाई ७ फुट रहेको वन कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।