नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’नै महासचिव पदमा चयन
अंकुरण खबर
1.833K
Shares
कपिलवस्तुमा सोमबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौं महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’लाई नै महासचिव पदमा चयन गरेको छ।
कपिलवस्तुको शिवगढीमा गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सम्पन्न भएको हो।
महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ जना केन्द्रीय सदस्य तथा ४५ जना वैकल्पिक केन्द्रीय सदस्य रहेको केन्द्रीय समिति चयन गरेको नेकपा निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए।
यसैगरी महाधिवेशनले १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको उनले बताएका छ।