logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा चिसो बढ्यो


अंकुरण खबर
637
Shares

कात्तिक महिना सुरु भएसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ । देशका धेरै ठाउँको अधिकतम र न्युनतम तापक्रम घटेको छ ।

काठमाडौं उपत्यकाको अधिकतम तापक्रम अस्ति २५ डिग्री सेल्सियस रहेकोमा हिजो बुधरबार २४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

गएको सोमवार अधिकतम तापक्रम २६ डिग्री सेल्सियस थियो ।

विहीबार पनि पश्चिमी पहाडी क्षेत्रको मौसम हल्कादेखि सामान्य बदली हुने अनुमान गरिएको छ । तापक्रम  २४ देखि २५ डिग्री सेल्सियस पुग्न सक्ने अनुमान गरिएको छ । न्यूनतम तापक्रम भने केही दिन यता १२ डिग्री सेल्सियसको हाराहारीमा छ ।