logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपाललाई ‘फ्री भिसा, फ्री टिकट’बारे आयाेगले साेध्याे २४ घण्टे स्पष्टीकरण


अंकुरण खबर
2.821K
Shares

नेकपा एकीकृत समाजवादी‍का अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयाेगले २४ घण्टे स्पष्टीकरण साेधेकाे छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे।

नेता नेपालले बेरोजगार युवालाई फ्री भिसा- फ्री टिकटमा विदेश पठाइदिने भनी मतदता माझ बोलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाे छ।

आयाेगले साेही भिडियाे प्राप्त भएसँगै साे सम्बन्धमा आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेस गर्न भन्दै उनलाई पत्र पठाउने तयारी गरिरहेकाे आयाेगकाे उच्च स्राेतले जानकारी दिएकाे छ।