logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो


अंकुरण खबर
1.066K
Shares

डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट ५२ जनाको मृत्यु भएको छ।

गत साउन यता ४३ हजार ६८५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। डेंगु ७७ जिल्लामै फैलिएको छ।

प्रभावित १० जिल्लामा क्रमशःकाठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।