तिहारको एक हिस्साको रूपमा, काग तिहार पाँच दिन लामो पर्वको पहिलो दिन आज मनाइँदैछ।
कागलाई खाना चढाएर यो दिन मनाइन्छ । कागलाई हिन्दू मृत्यु र न्यायका देवता यमराजको दूत मानिन्छ। त्रयोदशीका दिन बिहानै काग तिहार मनाउने भएकाले धार्मिक ग्रन्थ अनुसार आइतबार नै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
यस दिन कागलाई चामलको खीर खुवाउँदा यमराजको शुभ सन्देश जाने धार्मिक विश्वास छ । यस अवसरमा आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा गरिन्छ भने हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ ।