logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा भेटियो कोरोनाको सबभेरियन्ट एक्सबीबी


अंकुरण खबर
1.599K
Shares

नेपालमा कोभिड(१९ को सबभेरियन्ट एक्सबीबीको संक्रमित पहिलो पटक भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशका विभिन्न भागहरूबाट साउन २१ देखि असोज १४ सम्म कोभिड(१९ संक्रमितबाट संकलित नमूना छनोट गरी जिनोमिक पहिचान एक्सबीबी फेला परेको मन्त्रालयले जनाएको छ।

हाल उक्त भेरियन्ट विभिन्न देशहरूमा फैलिरहेको र कोभिड(१९ को संक्रमण बढेको जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ।