logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बत्ती बाल्ने क्रममा करेन्ट लाग्दा मृत्यु


अंकुरण खबर
1.04K
Shares

बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते कैलालीका एक व्यक्तिको उपचारको क्रममा आज बिहान ज्यान गएको छ ।

गए राति ११ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेका गौरीगङ्गा नगरपालिका ५ अण्डैया शिविरका वर्ष ४० का गणेश सिजाली मगरको ज्यान गएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।