प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक निर्वाचन सामग्री ढुवानी तीव्र गतिले सुरु भएको छ ।
निर्वाचन आयोग परिसरमा सामान राख्ने ठाउँ नभएपछि मधेस प्रदेशमा मतपेटिका, छेकाबारलगायतका सामान सोमबारदेखि नै ढुवानी सुरु गरेको हो । आयोगले समानुपातिक तर्फको मतपत्र ६८ जिल्लामा ढुवानी गरिसकेको छ ।
सडकको पहुँच नपुगेको मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, डोल्पा, बाजुरा र मुगुलगायतका जिल्लामा समानुपातिक तर्फको मतपत्र पठाउन बाँकी छ ।
यी जिल्लामा आवश्यक पर्ने प्रत्यक्षतर्फको मतपत्र पनि छपाइ भइसकेकोले एकै पटक पठाइने आयोगले जनाएको छ । प्रत्यक्षतर्फका लागि आवश्यक पर्ने ४ करोड मतपत्रमध्ये १ करोड ८५ लाख छपाइ भइसकेको छ ।