logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजी नकआउट चरणमा


अंकुरण खबर
1.729K
Shares

युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नकआउट चरणमा स्थान पक्का गरेको छ।

मंगलबार घरेलु मैदानमा भएको खेलमा पिएसजीले मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित निकाल्दा स्टार स्ट्राइकर लियोनेल मेसीको प्रदर्शन उत्कृष्ट रह्यो।

पिएसजीका लागि अर्जेन्टिनी फरवार्ड मेसी र केलिएन एम्बाप्पेले समान दुई गोल गरेका थिए। मेसीले भने २ गोलका लागि असिस्टसमेत गरे।

त्यस्तै, सोलेर र नेयमारको नाममा समान १-१ गोल रह्यो।

हाइफाका लागि दुवै गोल अब्दुलय सेकले गरेका थिए।