प्रहरीले सर्लाहीका सुदखोर रामबाबु यादवलाई पक्राउ गरेको छ।
बुधबार दिउँसो उनलाई सर्लाहीको बरथवा नगरपालिकाबाट नियन्त्रणमा लिइएको हो । चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा प्रहरीले यादवलाई पक्राउ गरेको जनाएको छ।
उनले बन्धकी राख्नेको जग्गा रजिष्ट्रेसन नै पास गरेर लिने र गरिबहरुलाई घरबारविहीन बनाउने गरेको खबर सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यादवको यो कार्यबाट सर्लाही र त्यस आसपासका हजारभन्दा बढी परिवार पीडित भएको बताइएको छ। पीडितको एक समूह न्याय खोज्दै यतिबेला संघीय राजधानी काठमाडौँ आएको छ।