logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पहाडी भेगमा वर्षाको सम्भावना


अंकुरण खबर
1.404K
Shares

अहिले (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम समाान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना छ।

‘प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।’

यसैबीच आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्। आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८ : ४५ बजे मापन गरिने उनले बताइन्। त्यसबेला देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गरिनेछ ।