logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शीर्ष नेता निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त : देउवा धनगढीमा, ओली पोखरा जाँदै, प्रचण्ड काठमाडौंमा व्यस्त


अंकुरण खबर
1.3K
Shares

निर्वाचनका लागि प्रचारप्रसारको समय १० दिन मात्रै बाँकी हुँदा शीर्ष नेताहरु देश दौडाहमा व्यस्त छन्।

डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी आइपुगेका छन्। उनी आज धनगढीमै हुने चुनावी सभाहरुमा व्यस्त हुने उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। विहान १० बजे पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन कमिटी, कास्कीले जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज काठमाडौंमै व्यस्त रहने भएका छन्। केही दिन आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा पुगेर फर्किएका प्रचण्ड भोलिदेखि भने सुदूरपश्चिम र कर्णालीका जिल्लामा आयोजित चुनावी सभामा सहभागी हुने उनको सचिवालयले जनाएको छ।