logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सात जना मृत अवस्थामा फेला


अंकुरण खबर
1.339K
Shares

देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । मोरङ’को मिक्लाजुङ्ग गाउँपालिका(१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुङ्गाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका(३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका(९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको देवघाट गाउँपालिका-२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडि रहेको भीरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

काठमाडौंको टोखा नगरपालिका(८ बानियाँटार पुल नजिक हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका(१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-१८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।