logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम भूकम्प अपडेट : मृतकको संख्या ६ पुग्यो, कयौँ घरसहितका भौतिक पूर्वाधार क्षतिग्रस्त


अंकुरण खबर
2.886K
Shares

गएराति डोटीको खप्तड क्षेत्रलाई केन्द्रबिन्दु बनाएर तीनवटा भूकम्प जाँदा घर भत्किँएर मृत्यु हुनेको संख्या ६ पुगेको छ​ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । अहिलेसम्मको विवरण अनुसार भूकम्पमा परि पाँच जना घाइते भएका छन् ।

२०७२ वैशाख १२ को गोरखा भूकम्पयता पहिलो पटक सुदूरपश्चिममा मानवीय क्षति हुने गरी ठूलो धक्का महसुस भएको हो। यसले कयौँ घरसहितका भौतिक पूर्वाधार क्षतिग्रस्त भएका छन्।

यी भूकम्पमध्ये खप्तडलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ९ बजेर ७ मिनेटमा खप्तड क्षेत्रलाई नै केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो। यो भूकम्पको धक्काले घर र अन्य भौतिक पूर्वाधार हल्लिए पनि कुनै क्षति भएको थिएन। त्यसपछि अर्को भूकम्पको धक्का मंगलबार राति नै ९ बजेर ५६ मिनेटमा महसुस भयो।

तर यी दुई धक्कापछि मानिसहरु सुतिसकेको समयमा बुधबार बिहान सबेरै गोरखा भूकम्पयताकै ठूलो ६.६ म्याग्निच्युडको धक्का महुसस भयो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो भूकम्पको केन्द्रबिन्दु पनि खप्तड नै थियो।

यस भूकम्पका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश तथा अन्य छिमेकी भूगोलमा पनि धक्का महुसस भयो।