logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा पोखरीमा डुबेर तीन बालकको मृत्यु


अंकुरण खबर
2.444K
Shares

सिरहाको मिर्चैयामा पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।

आइतबार साँझ इँटा भट्टा नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा खुर्सिद आलमका १२ वर्षीय छोरा अली र १० वर्षीय छोरा नवी रहेका छन् । यस्तै नन्दलाल दासका १० वर्षीय छोरा नितेश कुमारको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अली र नवीको घटनास्थलमै र नितेशको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरू भारतीय रहेको बताइएको छ ।