logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग : सन्तोष साहुखलले गरे कीर्तिमानी सय गोल


अंकुरण खबर
871
Shares

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सन्तोष साहुखलले सय गोल पूरा गरेका छन् ।

बुधबार काठमाडौंको दशरथ रंगशालामा विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले सय गोलको किर्तीमानी गरेका हुन् ।

आफ्नो नाममा सय गोल पूरा गर्ने क्रममा उनले खेलको १८औं मिनेटमा गोल गरे । खेलको पाँचौ मिनेटमा नै निर कुमार राईको गोलबाट अग्रता बनाएको पुलिसविरुद्ध सन्तोषले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका हुन् ।

वि।सं २०६० सालदेखि थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्न थालेका सन्तोष घरेलु प्रतियोगितामा एक सर्वाधिक सफल खेलाडी हुन् ।

जारी लिगमा उनले चार गोल गरिसकेका छन् । संकटाविरुद्ध च्यासल युथ क्लबले २–० गोलको जित निकाल्दा दुबै गोल कप्तान सन्तोषको थियो । त्यसपछि मछिन्द्र क्लबविरुद्धको बराबरी खेलमा पनि सन्तोषले गोल गरेका थिए।

त्यसपछिका लगातार दुई खेलमा भने सन्तोष गोल गर्न चुकेका थिए । सन्तोषले सन् २००७ मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।