रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट तर्फ जाँदै गरेको ग १ ज ५२०१ नम्बरको जिप आज सडकबाट झण्डै ७० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइते सबैको आठबीसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन् । गाडी चालक भने फरार रहेका छन् ।