logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

घरजग्गा कारोबार झन् खस्कियो, अब मूल्य घट्ने आकलन


अंकुरण खबर
2.418K
Shares

देशैभरि घरजग्गाको कारोबारमा थप मन्दी आएको देखिएको छ भने काठमाडौं उपत्यकामा कारोबार न्यून भएको छ।

पछिल्ला महीनामा लगातार घटिरहेको घरजग्गा कारोबार कात्तिकमा अझै ओरालो लागेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार, कात्तिकमा घरजग्गाको किनबेच ९लिखत पारित० २७ हजार ९३९ वटामा सीमित भएको छ। यो संख्या असोजमा ३३ हजार ४३८ थियो। भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएको थियो।

देशभरिको घरजग्गा किनबेचमा चरम मन्दी आउनुको पछाडि भूउपयोग नियमावली अनुसार जग्गाको कित्ताकाँट नभएको, ब्यांक तथा वित्तीय संस्थामा लगानी योग्य रकमको अभाव एवं ब्याजदर वृद्धिलाई कारण मानिएको छ। अर्कातिर, घरजग्गा किनबेचमा प्रवाह हुने वित्तीय रकममा केन्द्रीय ब्यांकले कडाई गरिरहेको छ। पछिल्लो समयमा सरकारले पनि घरजग्गामा हुने लगानीलाई निरुत्साहनको नीति अघि सारेको छ।