logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाउँपालिका अध्यक्ष सरकारी गाडी लिएर पार्टीको चुनावी सभामा


अंकुरण खबर
1.469K
Shares

रामेछाप प्रहरीले खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

अध्यक्ष श्रेष्ठ नेकपा एमालेको चुनावी सभामा सरकारी गाडी लिएर पुगेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

एमालेले आज बिहीवार साँघुटारमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष श्रेष्ठ आफूले प्रयोग गर्दै आएको बा २ झ ३४१५ नम्बरको सरकारी गाडी लिएर साँघुटार पुग्नुभएको थियो ।

गाउँपालिका अध्यक्षजस्तो मान्छेले आफ्नो पदीय मर्यादालाई कुल्चँदै सरकारी गाडी दुरुपयोग गरेको भन्ने सूचना स्थानीयले प्रहरीमा दिएसँगै साँघुटार बजारबाट त्यो गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुुप्रसाद ढकालले जानकारी दिनुभयो । अहिले त्यो गाडी प्रहरी चौकी साँघुुटारमा राखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।