logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचनको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न महानिरीक्षकको निर्देशन


अंकुरण खबर
2.548K
Shares

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

उनले निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराए ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।