logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेसर कुकर बम नेपाली सेनाद्वारा डिस्पोज


अंकुरण खबर
1.898K
Shares

बैतडी र दार्चुलाको सीमामा रहेको गोकुलेश्वर बजार नजिकैको पूलमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ।

उक्त बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो। कुलेश्वर बजार नजिकैको पूलमा शुक्रबार राती भेटिएको प्रेसर कुकर बम शनिबार बिहान डिस्पोजल टोलिले बम डिस्पोज गरेको हो ।

आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न एवं मतदातालाई त्रसित पार्ने उदेश्यले बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।

सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।