logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आम निर्वाचन : ११ जिल्लामा गोली चल्यो


अंकुरण खबर
1.274K
Shares

प्रतिनिधिसभा र प्रदेशसभातर्फ चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ ।

११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागी गोली चलाउनुपरेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए ।
ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।

चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।