logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ७ सीटमा एमालेको अग्रता, ३ मा कांग्रेस अगाडि


अंकुरण खबर
1.118K
Shares

देशभर विभिन्न निर्वाचन क्षेत्रमा सुरू भएको मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेले ७ ठाउँमा अग्रता लिएको छ। सोमबार बिहान ११ बजेसम्म प्राप्त मत परिणामअनुसार एमालेले अग्रता बढाउँदै लगेको हो ।

यस्तै कांग्रेस ३ र राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एकएक स्थानमा अग्रता लिएका छन् ।

एमालेले झापा २, धनुषा ३, काठमाडौं ७, ललितपुर १, ललितपुर २, ललितपुर ३ र बाँके ३ मा अग्रता लिएको छ ।

कांग्रेसले काठमाडौं १, भक्तपुर २ र मुस्ताङ, राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ र जनमत पार्टीले सप्तरी २ मा अग्रता लिएको छ ।