logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानी राष्ट्रपतिको चेतावनी : सोलेमनीको हात काट्नेका खुट्टा काट्छौं


अंकुरण खबर
780
Shares

बग्दादमा इरानी सेनाका कमाण्डर सोलेमनीको हत्या भएपछि बढेको इरान  र अमेरिका बीचको तनाव झनै चर्किने देखिएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकाले सोलेमनीको हात काटेजस्तै मध्येपूर्व क्षेत्रबाट अमेरिकाको खुट्टा काट्ने चेतावनी दिएका छन् ।

तेहरान टाइम्सले राष्ट्रपति हसनलाई उद्धृत गर्दै लेखेको छ, ‘तिमीले सोलेमनीको हात काट्यौ, अब यो क्षेत्रबाट तिम्रा खुट्टा काट्छौं ।‘

यसअघि बुधबार बिहान मात्रै इरानका सर्वोच्च धार्मिक अयातोल्लाह खमेनेईले अमेरिकालाई मध्येपूर्व क्षेत्र छाड्न र फेरि हमला गरे झन ठूलो क्षति ब्यहोर्नुपर्ने धम्की दिएका थिए ।

यहि ३ जनवरीमा बग्दादको विमानस्थलबाट यात्राको तयारीमा रहेका ईरानी सेनाका कमाण्डर सोलेमनीलाई अमेरिकाले आक्रमण गरेको थियो । रिपोर्टका अनुसार सोलेमनीको शरिरलाई हत्यापश्चात पाँच टुक्रा पारिएको अवस्थामा फेला परेको थियो ।

त्यसपछि सोलेमनीको दाहासंस्कारपश्चात बुधबार बिहानै ईरानले ईराकमा रहेका अमेरिकी सेनाका दुईवटा क्याम्पमा मिसाइल आक्रमण गरेको छ । त्यसको एकिन विवरण नआए पनि ईरानले ८० जना अमेरिकी सेनाको मृत्यु भएको बताएको छ भने पेन्टागनले पनि आक्रमण भएको खबरको पुष्टी गरेको छ ।