logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी


अंकुरण खबर
1.625K
Shares

काठमाडौँ जिल्ला क्षेत्र नं ३ को प्रदेश–१ मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ ।

लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का चन्द्रमान लामाले तीन हजार चार सय १५ मत पाउनुभएको छ ।

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका काठमाडौँ महानगरपालिका–६ का पूर्वध्यक्ष दीपेन्द्र लामाले दुई हजार नौ सय ३३ मत पाउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चुण्डी लामाले दुई हजार दुई सय ७६ मत पाउनुभयो ।

निर्वाचित लामा यसअघि २०७४ सालको निर्वाचनमा पनि प्रदेशसभा सदस्य पदमा विजयी हुनुभएको थियो ।