logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउने सरकारी कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता


अंकुरण खबर
3.874K
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा सरकारी कर्मचारीहरुसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायब सुब्बा ताराप्रसाद जोशी, तत्कालीन नायबसुब्बा प्रसाराम भुसाल तथा स्थानीयवासी भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्यरत्न तुलाधरविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।