logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानले फेरि गर्‍यो अमेरिकामाथि आक्रमणः निशानामा अमेरिकी दूतावास


अंकुरण खबर
767
Shares

आफ्ना र्शीष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरानमा बदलाको आगो बलेको छ।

सुलेमानीको अन्तिम संस्कारको केही घण्टापछि इराकस्थित अमेरिकी सैन्य शिविरमा पहिलो मिसाइल आक्रमण गरेको इरानले दोस्रो आक्रमण अमेरिकी दूतावासमा गरेको छ।  इरानले इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासलाई निशाना बनाएर दुई मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार मिसाइल ग्रीन जोनमा खसेको छ। यस हमलाका कुनै क्षति भने हुन पाएको छैन।  इरानी सेनाले हमलाको पुष्टी गरेको छ। इरानले दुई दिनअघि पनि अमेरिकी दूतावासलाई निशाना बनाएर मिसाइल आग्रहण गरेको थियो। उक्त मिसाइल पनि ग्रीन जोनमा अमेरिकी दूतावासभन्दा केही टाढा खसेको थियो। यस आक्रमणमा पनि कुनै क्षति हुन पाएको थिएन।

बुधबार बिहान पनि इरानले अमेरिकी सैन्य शिवरमा दर्जनबढी मिसाइल आक्रमण गरेको थियो। इरानले उक्त आक्रमणबाट ८० अमेरिकी नागरिकको ज्यान गएको बताएपनि अमेरिकी राष्ट्रपतिले आफ्ना कुनै पनि नागरिक नमारिएको दाबी गरेका थिए।

बुधबार साँझ पत्रकार सम्मेलन गरी ह्वाइट हाउसबाट अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष सम्बोधन गर्दै इरानी आक्रमणबाट कुनै नागरिकको ज्यान नगएको बताएका हुन्। उनले हमलाको पुष्टी पनि गरेका थिए। इरानी आक्रमणको  केही घण्टापछि गरिएको उक्त पत्रकार सम्मेलनमा ट्रम्प निकै नरम बनेका थिए।

उनले इरानमाथि थप प्रतिवन्ध लगाउने बताएपछि इरानमाथि जवाफी कारबाहीको कुनै पनि घोषणा गरेनन्। ट्रम्पले  सम्बोधन गरेको केही घण्टामै इरानले फेरि अमेरिकामाथि दोस्रो आक्रमण गरेको समाचारमा जनाइएको छ।