जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
देशका तराई भुभागका केही स्थानमा हुस्सु÷कुहिरो लागेको र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ। आज र भोलि देशभर मौसम सामान्यतयाः सफा रहनेछ।
आइतबार प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भुभागका केही स्थानमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
तराई भुभागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।