logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ घाइते


अंकुरण खबर
1.612K
Shares

दोलखाबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार लामोसाँघु मुडे सडकखण्डको लिसंखुपाखर गाउँपालिका वडा ५ स्थित उन्नाइस किलो भन्ने ठाउँमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढथोकीका अनुसार ब्रेक फेल भएर बा ३ ख १७९५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा दुर्घटना हुन पुगेको हो ।

उनका अनुसार बसमा ३५ यात्रु सवार थिए । जसमध्ये घाइते भएका ११ यात्रुलाई उद्धार गरेर बलेफी गाउँपालिकाको खाडीचौरको सिन्धुसदाबहार अस्पतालमा लगिएको उनले बताए ।

‘११ घाइतेको अवस्था आहिले सामान्य छ, केही त घर फर्किरहेका छन्, चालकलाई नियन्त्रणमा लिएका छौं, आवश्यक सोधपुछ र थप अनुसन्धान भइरहेको छ,’ डीएसपी बुढाथोकीले भने ।