प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एमाले अग्रता कायमै राखेको छ। एमालेले कुल १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ।
निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार ५६१ मत प्राप्त गरी तेस्रो भएको छ भने माओवादी केन्द्रले अहिलेसम्म सात लाख १९ हजार ३७२ मत प्राप्त गरेको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले तीन लाख ७८ हजार २३३, जनता समाजवादी पार्टी ९जसपा० ले दुई लाख चार हजार ७२४, एकीकृत समाजवादीले एक लाख ४८ हजार २१७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख ३३ हजार ५०४ मत प्राप्त गरेका छन्।