logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ओखलढुंगा: प्रतिनिधि सभा समानुपातिक तर्फको अन्तिम मत मरिणाम


अंकुरण खबर
2.132K
Shares

आम निर्वाचन २०७९ अन्तर्रगत ओखलढुंगाको प्रत्यक्ष तथा समानुपातिक तर्फ सबैको अन्तिम मत मरिणाम सार्वजनिक भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (शनिबार) प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तीम मत परिणाम सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार ६४ हजार ९ सय १४ कुल मत खसेकोमा ६२ हजार ६ सय ५९ मत सदर भएको थियो । सदर मत मध्ये सबैभन्दा धेरै नेकपा एमालेले २५ हजार २ सय ४५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २३ हजार ९ सय ९९ मत प्राप्त गरेको छ ।

तथ्यांक अनुशार प्रतिनिधि सभाको समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले लाई १ हजार २ सय ४६ बढी मत प्राप्त भएको छ ।

प्रदेश सभाको समानुपातिक तर्फ भने कांग्रेसले एमालेले भन्दा ३ सय ५५ बढी मत प्राप्त गरेको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रले ७ हजार १ सय ७२, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४ सय १८, जसपाले १ हजार ४ सय ४० र राप्रपा (हलो) ले ५ सय ६८ मत प्राप्त गरेको छ । अन्य दलले भने ५ सय भन्दा कम मत पाएका छन ।

प्राप्त मत परिणाम अनुशार ओखलढुंगामा रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो पार्टी बनेको छ ।