logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ३२ अंकको वृद्धि


अंकुरण खबर
1.443K
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावपछि लगातार दुई दिन घटेर गत बिहीबारदेखि बढ्न सुरु भएको नेप्से आइतबार डेढ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

आइतबार बजार परिसूचक नेप्से ३२.४३ अंक (१.६८ प्रतिशत) ले बढेर १९६५.९८ अंकमा बन्द भएको छ । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । लघुवित्त उपसूचक सर्वाधिक ३.०७ प्रतिशतले बढेको छ । बजारमा हरियाली छाउँदा कारोबार रकम पनि बढेर २ अर्ब नाघेको छ । आइतबार ४२ लाख २३ हजार ८६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजारको कारोबार भएको छ ।