logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भन्सार छलि गरेको रासायनिक मलसहित ट्रक चालक पक्राउ


अंकुरण खबर
1.352K
Shares

सुनसरीको कोशी गाउँपालिका(४ बाट करिब १० लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको भन्सार छलि गरेको रासायनिक मल ट्रक चालक पक्राउ परेका छन् ।

बी आर ०६ जीसी १२०३ नम्बरको भारतीय ट्रकमा ल्याइएको मलसहित भारत मझेपुर ग्राम पञ्चायत बोधवा(१२ बस्ने २० वर्षीय धरमेस कुमार पक्राउ परेका हुन् ।

उक्त ठाउँस्थित कोशी कटान चेक पोष्टमा चेकिङ गर्ने क्रममा उक्त ट्रकमा भन्सार छली गरेको मल फेला परेको थियो । बरामद ट्रक र मल सेतुबन्धु भन्सार कार्यालय कोशिब्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ ।