आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेसँगै वाग्मती प्रदेशमा कांग्रेस पहिलो दल बन्ने भएको छ । दोलखाबाहेक १२ जिल्लामा मतगणना सम्पन्न हुँदा कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ ।
वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन भएको हो । ४४ सामानुपतिकसहित प्रदेशसभामा १ सय १० जना सांसद रहनेछन् ।
गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।