logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुकुम्वासीकाे प्रतिकारपछि महानगरको डोजर ‘ब्याक’, प्रदर्शन मत्थर


अंकुरण खबर
2.587K
Shares

बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिका ‘ब्याक’ भएको छ। स्थानीयहरूले चर्काे प्रतिकारपछि महानगरले डोजर फिर्ता लगेको हो। सोमबार दिउँसो २ बजे बस्ती हटाउन भन्दै महानगरको टोली थापाथली पुगेको थियो। स्थानीयवासी प्रदर्शनमा उत्रिएर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ।

उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसेपछि महानगर पछि हटेको हो। उनीहरूले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। रातभर जाग्राम बसेर भए पनि महानगरलाई छिर्न नदिने सुकुमबासीहरुले बताएका छन्।