logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी आजदेखि सुरु


अंकुरण खबर
1.612K
Shares

पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ। प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए।

रु तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने भएका छन्।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करिब पाँच सय थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन्।