logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुकुम्बासी बस्ती हटाउन प्रहरीले असहयोग गरेको आरोप


अंकुरण खबर
1.209K
Shares

काठमाडौं महानगरपालिकाको वडाध्यक्षको बैठकमा महानगरपालिकाले वागमती नदी किनाराका सुकुम्बासी बस्ती हटाउन गएका महानगर प्रहरीलाई नेपाल प्रहरीले असहयोग गरेको आरोप लगाइएको छ ।

सोमबार थापाथलीको सुकुम्बासी बस्तीमा भएको घटनाको समीक्षा गर्न काठमाडौं महानगरका प्रमुख बालेन साहले सबै वडा अध्यक्षलाई बैठकमा बोलाउनुभएको थियो । बैठकमा प्रमुख साहले सरकारको आलोचना गर्दै सुरक्षाकर्मीको असहयोगका कारण सुकुम्बासीलाई हटाउन नसकेको बताउनुभयो ।बैठकपछि कामपाका प्रवक्ता एवं वडा नं १७ का वडाअध्यक्ष नवीन मानन्धरले नेपाल समाचारपत्रको जिज्ञासामा प्रहरीको असहयोगको कारण सुकुम्बासीलाई हटाउन नसकिएको बताउँदै अब केन्द्र सरकारको समन्वयमा बस्ती खाली गराउने तयारी गर्ने निर्णय भएको बताउनुभयो ।