logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोलखामा प्रतिनिधि सभामा माओवादीका कार्की र प्रदेशमा कांग्रेसका काफ्लेलाई अग्रता


अंकुरण खबर
2.366K
Shares

दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम राखेका छन्। प्रदेशमा भने नेपाली कांग्रेसका कुन्दनराज काफ्ले अगाडि छन्।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीको अग्रता छ । पछिल्लो विवरण अनुसार कार्की ३ हजार २२४ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ४७० मत प्राप्त गर्नुभएको छ । माओवादीका कार्की र एमालेका सिवाकोटीबीचको मतान्तर १ हजार ७५४ रहेको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।