logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख ७९ हजार मतगणना


अंकुरण खबर
1.365K
Shares

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख ७९ हजार मतगणना भएको छ।

निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार हालसम्म नेकपा एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४१६ मत हासिल गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ८८७ मत पाएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९२८ मत प्राप्त गरेको छ।

यसैगरी, जनमत पार्टीले ३ लाख ९४ हजार ३४०, नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २७८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४२, हाम्रो नेपाली पार्टीले ५५ हजार ५८७, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार ५०४ मत प्राप्त गरेको छ।